वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा एआईको प्रभावबारे ठोस तथ्याङ्कको अभाव, बाह्य प्रणालीको प्रयोग प्रचलित

अर्थलगानी
२०८१ आश्विन २०, आईतवार

काठमाडौं । नेपालमा आर्टिफिशल इन्टेलिजेन्स (एआई) नियमन र प्रभावबारे कुनै औपचारिक तथ्याङ्क हालसम्म उपलब्ध छैन। सरकारी निकायहरू यसबारे विस्तृत विवरण नदिनुका साथै एआईको प्रभावबारे समेत एकीकृत तथ्याङ्कको अभाव छ।

कतिपय गैरसरकारी संस्था र निजी कम्पनीहरूले भने एआईको प्रभावबारे अनुसन्धान गरिरहेका छन्। जानकारहरूका अनुसार नेपालमा विकसित एआई प्रणालीभन्दा पनि बाह्य देशका प्रणालीहरूको प्रयोग व्यापक छ।

सर्वाङ्गीण विकास अध्ययन केन्द्र (IIDC)ले गरेको एक अध्ययनअनुसार, नेपालले सन् २०२२ मा सूचना प्रविधिसम्बन्धी सेवा निर्यातबाट ५१ करोड ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा आर्जन गरेको थियो। तथापि, एआई सम्बन्धित सेवाबाट भएको आम्दानीबारे यथार्थपरक तथ्याङ्क प्राप्त भएको छैन।

नेपालमा पछिल्ला वर्षहरूमा सूचना प्रविधि क्षेत्रमा आम्दानी र रोजगारीको दर व्यापक रूपमा बढेको छ। केही नेपाली कम्पनीहरूले स्वदेशी आवश्यकताअनुरूप एआई ‘टूल’हरू विकास गरिरहेका छन् भने अमेरिकी र युरोपेली कम्पनीहरूमा नेपालबाटै कैयौँ युवाहरू एआई प्रविधि र प्रणाली विकासमा संलग्न छन्।

सरकारले एआई नियमनका लागि हाल नीति मस्यौदा तयार पार्दैछ, जसलाई सरोकारवालाहरूसँग छलफल गरेर अन्तिम रूप दिइने जनाइएको छ। एआईको नियमन र विकासलाई नेपालले देशको द्रुत विकासका लागि अवसरका रूपमा हेर्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी