वि.सं. २०८२ असार १८, बुधबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनकामना केबलकार आजदेखि बन्द

अर्थलगानी
२०८१ आश्विन २९, मंगलवार

काठमाडौँ। मनकामना केबलकार आज असोज २९ गतेदेखि बन्द भएको छ। केबलकार मर्मत सम्भार प्रयोजनका लागि तीन दिन बन्द हुन लागेको हो।

केबलकार आज असोज २९ गते देखि आगामी कात्तिक १ गतेसम्म बन्द हुनेछ। मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने कामका लागि असोज २९, ३० र कात्तिक १ गतेसम्म तीन दिन बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।

उनका अनुसार केबलकार कात्तिक २ गतेबाट नियमित सञ्चालनमा आउनेछ । यसअघि विजया दशमीको दिन असोज २६ गते र एकादशीको दिन २७ गते दुई दिन पनि केबलकार बन्द थियो । आज एक दिन भने केबलकार सञ्चालन गरिएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेशन’ भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी