काठमाडौँ। सिटि होटल लिमिटेडको नोक्सानी कम भएको छ। होटलले सार्वजनीक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार होटलको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ७ करोड ७७ लाख रुपैयाँ नोक्सानीमा रहेको यो होटल चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५ करोड ६२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ।
होटलको आम्दानी घटेपनि वित्तीय खर्च घटेका कारण खुद नोक्सानी घट्न पुगेको हो।
समीक्षा अवधिमा होटलको सञ्चालन आम्दानी ४.८५ प्रतिशत घटेको छ भने कुल आम्दानी १.०४ प्रतिशत घटेको छ। त्यस्तै, होटलको वित्तीय खर्च समीक्षा अवधिमा ७.०६ प्रतिशत र वित्तीय खर्च १५.२७ प्रतिशत घटेको छ।
१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस होटलको अन्य इक्विटी १५ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ। असोज मसान्तसम्ममा होटलको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९० रुपैयाँ ४९ पैसा रहेको छ।
प्रतिक्रिया