काठमाडौँ। माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।जस अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ।
पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो।
यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४९ करोड ६० लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ।जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९.०५ प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४५ करोड ४८ लाख ५१ हजार रुपैयाँ थियो।
कम्पनीको मुख्य आयोजनाको रुपमा रहेको ४२ मेगावाटको मिस्ट्रीखोला आयोजनाको विद्युत उत्पादन २०८१ जेठ १५ देखि २०८१ साउन २० गतेसम्म बन्द रहेको थियो। बाढीका कारण मुख्य आयोजनाको उत्पादन पहिलो त्रैमासमा २० दिन बन्द हुँदापनि कम्पनीको खुदनाफा १५.६८ प्रतिशतले बढेको छ। हाल भने ४२ मेगावाटको मिस्ट्री खोला र ५ मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ।
यस अवधिमा कम्पनीको चुक्तापुँजी २ अर्ब २६ करोड ३२ लाख रहेकोछ। कम्पनीको रिटेन अर्निंङ १ अर्ब ३३ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको चुक्तापुँजी १ अर्ब ९६ करोड ८० लाख थियो।कम्पनीले आर्थिक वर्ष २०७९ र८० बाट १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्तापुँजी बढेको हो।
यस अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति शेयर आम्दानी १३.३९ रुपैयाँबाट बढेर १३.४९ रुपैयाँ पुगेको छ।वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी भने ५३.९६ रुपैयाँ हुन आउंछ। कम्पनीको प्रति शेयरनेटवर्थ १५८ रुपैयाँ ७७ पैसा रहेको छ।
प्रतिक्रिया