काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०\८१ का लागि सेयरधनीहरूलाई १४% बोनस सेयर र ०.७३६८% नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
संस्थाको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको १४५ बोनस सेयर र कर तिर्ने प्रयोजनका लागि ०.७३६८% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी वितरण गरिने संस्थाले जनाएको छ।
प्रतिक्रिया