काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्ने ६१० भन्दा बढी अभिकर्ताहरुलाई सम्मानित गरेको छ
समारोहको उद्घाटन प्रमुख कार्यकारी अधिकृत (CEO) सुरेश प्रसाद खत्रीले दीप प्रज्वलन गरे। कार्यक्रममा सिइओ क्लबका सदस्यहरुका साथै कम्पनीका विभागीय प्रमुख, बागमती प्रदेश प्रमुख र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो।
सम्मान कार्यक्रममा, सिइओ क्लब सदस्यता प्राप्त गर्ने अभिकर्ताहरुलाई सम्मान पत्र वितरण गरिएको थियो। साथै, बागमती प्रदेशका विभिन्न कोड र संजलमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त अभिकर्ताहरुलाई विशेष पुरस्कार र सम्मान प्रदान गरियो।
मुख्य कार्यकारी अधिकृत श्री खत्रीले सो अवसरमा बागमती प्रदेशका “नेशनल रत्न” चयन भएका अभिकर्ताहरुलाई चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मानित गरे। उनले भने, “यो सम्मान समारोह प्रदेश स्तरमा सम्मान कार्यक्रमको शुरुवात हो, जसअन्तर्गत अन्य प्रदेशहरुमा पनि यसरी सम्मान कार्यक्रम निरन्तर आयोजना गरिनेछ।”
नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृतले यो सम्मान कार्यक्रमलाई अभिकर्तामैत्री योजनाको हिस्सा भन्दै, सिइओ क्लबको धारणा ल्याइएको र २००० भन्दा बढी अभिकर्ताहरु यस कार्यक्रमका लागि छनोट भएका बताए। यसले स–साना व्यवसाय गर्ने अभिकर्ताहरुलाई पनि अवसर दिने लक्ष्य राखेको छ।
सम्मानित बिजनेस लिडरहरुले सिइओ क्लब सदस्यता र नेशनल रत्नबाट सम्मान प्राप्त गरेपछि आफ्नो मेहनतको कदर भएको र यो सफलतामा गर्व भएको बताएका छन्।
प्रतिक्रिया