वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सामलिङ्ग पावर कम्पनीले बोलायो साधारणसभा

अर्थलगानी
२०८१ मंसिर १०, सोमबार

काठमाडौँ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले छैठौं वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी पुस २ गते ललितपुरको द ईन्ट्रान्स क्याफेमा सभा बोलाएको हो।

सभामा कम्पनीको वार्षिक साधारण सभामा पेश हुने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, कम्पनीको आव २०८०–८१ को लेखापरिक्षण प्रतिवेदन सहितको अर्थिक प्रतिवेदन पारित गर्ने र आव २०८१–८२ को लागि लेखापरिक्षक नियुक्तिको लागि साधारण सभामा प्रस्ताव पेश गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी