वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेप्सेमा मंगलबार उत्साहजनक सुधार, परिसूचक ३३ अंकले उक्लियो

अर्थलगानी
२०८१ मंसिर ११, मंगलवार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लगातार दोस्रो दिन पनि सकारात्मक माहोल देखिएको छ। मंगलबार नेप्से परिसूचक ३३ दशमलव ४१ अंकले बढेर २ हजार ७१६ दशमलव ६६ विन्दुमा पुगेर बन्द भएको छ।

मंगलबार कुल १ करोड ४२ लाख ९२ हजार कित्ता शेयर खरिदबिक्री हुँदै ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार कारोबार भएका कम्पनीहरुमध्ये २११ कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ कम्पनीको मूल्य घटेको छ। एउटा कम्पनीको मूल्य भने स्थिर रहेको छ।

मंगलबार तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेपाल फाइनान्स लिमिटेड मंगलबार सर्वाधिक कारोबार गर्ने कम्पनीको सूचीमा शीर्ष स्थानमा रह्यो।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी