काठमाडौं । सोल्टी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ। होटलले मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागी हुनुका साथै लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
होटलले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २६.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभा पश्चात यो लाभांश वितरण हुने छ। शेयरधनीहरूका लागि आजको दिन महत्वपूर्ण भएकोले लाभांश सुनिश्चित गर्न आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
प्रतिक्रिया