वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

धौलागिरी लघुवित्तको कामु सीईओमा शिवराज जोशी नियुक्त

अर्थलगानी
२०८१ मंसिर १२, बुधबार

 

काठमाडौँ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत (नायब सीईओ) शिवराज जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको छ।

मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि जोशीलाई मंसिर १७ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

यसै बैठकले वर्तमान सीईओ सुरेश बहादुर बमको राजीनामा मंसिर १६ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको छ। बमको कार्यकालमा संस्थाले लघुवित्त क्षेत्रमा उल्लेखनीय प्रगति गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी