काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न १५औं वार्षिक साधारण सभा बोलाएको छ। सभा पुस ११ गते, बिहीबार, काठमाडौँस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुनेछ।
साधारण सभाले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ। यसका साथै, सभामा अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन, मर्जर र एक्विजिशनको सम्बन्धमा निर्णय गर्ने पनि प्रस्ताव हुनेछ।
लाभांश वितरण र साधारण सभा उद्देश्यका लागि लघुवित्तले मंसिर २३ गते बुक क्लोज गर्ने घोषणा गरेको छ। यस अनुसार मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरूले सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
लेखकको बारेमा

प्रतिक्रिया