वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सानिमा माई हाइड्रोपावर द्धारा १०.०५% लाभांश घोषणा

अर्थलगानी
२०८१ मंसिर २५, मंगलवार

काठमाडौँ ।सानिमा माई हाइड्रोपावरले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई कुल १०.०५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०५२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको हो । जसअनुसार सेयरधनीले कुल ३३ करोड ९८ लाख १७ हजार ६१० रुपैयाँ बराबरको लाभांश पाउनेछन्।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ। सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि सेयरधनीले पुस ८ गतेसम्म सेयर स्वामित्व कायम गर्नुपर्नेछ, किनकि पुस ९ गते कम्पनीले एक दिनका लागि बुक क्लोज गर्नेछ।

सानिमा माईको यो निर्णयले सेयरधनीलाई थप प्रतिफल प्रदान गर्दै कम्पनीको वित्तीय स्थायित्वमा विश्वास बढाउने अपेक्षा गरिएको छ। साधारणसभाले लाभांश प्रस्ताव अनुमोदन गरेपछि सेयरधनीलाई वितरण गरिनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी