वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेशनल लघुवित्तको ११ औं साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

अर्थलगानी
२०८१ मंसिर २५, मंगलवार

काठमाडौँ ।नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा मंसिर २४ गते बनेपास्थित अरनिको पार्टी प्यालेसमा सम्पन्न भएको छ ।। सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई करसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साथै, सभाले वासलात  नाफा-नोक्सान हिसाब तथा नगद प्रवाहसहितका वित्तीय विवरणहरू पनि अनुमोदन गर्यो।

सभाले ७ लाख ६५ हजार ३७७ कित्ता साधारण सेयर प्रिमियममा जारी गर्न सम्बन्धित निकायबाट स्वीकृति लिएर सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाउने निर्णय गर्यो।

२०७१ सालमा स्थापना भएको नेशनल माइक्रो फाइनान्सले महिला सहयात्रा र समिट लघुवित्तसँग मर्जर गरी हालको स्वरूप ग्रहण गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी