काठमाडौँ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लिमिटेडले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ। मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा ५.२५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले लाभांश वितरणका लागि नियामक निकायको स्वीकृति लिने र आगामी वार्षिक साधारणसभाबाट निर्णय पारित गर्ने जनाएको छ। उक्त प्रक्रिया पूरा भएपछि लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया