काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ दिनपछि उच्च अंकले सुधार देखिएको छ। आज नेप्से परिसूचक १.७१ प्रतिशत अर्थात ४५.८८ अंकले बढेर २,७१५.७१ विन्दुमा पुगेको हो। बलिया कम्पनीहरूको सेन्सेटिभ इन्डेक्स पनि २.१४ प्रतिशतले बढेर ४६४.६६ विन्दुमा पुगेको छ। कारोबारमा ३०८ वटा स्क्रिप्टका १ करोड १३ लाखभन्दा बढी सेयर खरिदबिक्री भई ५ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ।
आज बैंकिङ समूह ३.४३ प्रतिशतको वृद्धि सहित सबैभन्दा बढी उकालो लागेको छ। अन्य समूहहरू जस्तै विकास बैंक, फाइनान्स, हाइड्रोपावर र बीमा क्षेत्रमा समेत सकारात्मक वृद्धि देखिएको छ।
यो दिन जानकी फाइनान्सले सर्वाधिक ३६ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। धेरै कमाउनेतर्फ न्याली हाइड्रोपावर र कुथेली बुखरी स्मल हाइड्रोको सेयर १० प्रतिशतले बढ्यो भने, खानीखोला हाइड्रो र जोशी हाईड्रोपावरको सेयरमा क्रमशः ९.९९ र ८.२२ प्रतिशतको गिरावट आएको छ।
प्रतिक्रिया