काठमाडौँ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताको मनोबल उच्च भए मात्र पुँजीबजार चलायमान र दिगो विकास सम्भव हुने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पुँजीबजारको विस्तार र सुधारका लागि लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न बोर्ड प्रतिबद्ध रहेको बताए।
अध्यक्ष श्रेष्ठले पुँजीबजारको दायरा बढाउन स्टक ब्रोकर्सहरूको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरे। उनले वर्तमानमा बजार सीमित दायरामा सीमित भएको बताउँदै त्यसलाई विविधिकरण गर्न र नयाँ मार्केट इन्स्ट्रुमेन्ट्सको प्रयोगमार्फत विस्तार गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा श्रेष्ठले उद्योग र पुँजीबजारबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औँल्याउँदै ठूला र वास्तविक क्षेत्रका उद्योगहरूलाई लागत घटाउन सहयोग पुर्याउने खालका रणनीतिक योजनाहरू ल्याउन बोर्ड तयार रहेको बताए।
प्रतिक्रिया