वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिलिमे जलविद्युतले १२ प्रतिशत लाभांश घोषणा, पुस २८ मा साधारण सभा

अर्थलगानी
२०८१ पुष २, मंगलवार

काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। पुस १ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी पुस २८ गते आयोजना हुने साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ। कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

बुक क्लोजको आधारमा पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी