काठमाडौँ । द्धारा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको छ। पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि संस्थाको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेसँगै शेयरधनीहरूले पाउनेछन्।
प्रतिक्रिया