काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) खुला गर्ने भएको छ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। एफपीओको आवेदन अवधि पुस ९ गतेसम्म रहेपनि सो अवधिमा आवेदन पर्याप्त नपरेमा अवधि पुस १९ गतेसम्म लम्बिनेछ।।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले महुली लघुवित्तलाई ‘डबल बी माइनस’ रेटिङ्ग दिएको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले आवेदन सि–आस्बा प्रणाली र मेरो शेयरबाट दिन मिल्ने व्यवस्था गरेको छ।
हाल संस्थाको चुक्ता पूँजी ३२ करोड २३ लाख रुपैयाँ रहेकोमा एफपीओ बाँडफाँडपछि यो पूँजी ३६ करोड ९९ लाख रुपैयाँ पुग्नेछ। यसले कम्पनीको वित्तीय क्षमता विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
लेखकको बारेमा

प्रतिक्रिया