काठमाडौँ । सेयर बजारले बिहीबार २६ सयको मनोवैज्ञानिक रेखासमेत छाडेर २५ सयको लेबलमा झरेको छ । यस दिन नेप्से सूचक ३१.४३ विन्दुले घटेर २५९६.८२ अंकमा आएको छ । ४ अर्ब ७६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै समूहका सूचक घटेका छन् ।
यस दिन ३१० कम्पनीको ९८ लाख ३२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १७ करोड ६० लाखभन्दा बढीसहित कारोबार रकममा जानकी फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः कर्णाली डेभलपमेन्ट बैंक र नेपाल फाइनान्स परेका छन् ।
प्रतिक्रिया