वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लाभांश र मर्जर प्रस्ताव पारितका लागि कालिका लघुवित्तले बोलायो साधारण सभा

अर्थलगानी
२०८१ पुष ७, आईतवार

काठमाडौँ ।कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनी आगामी पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा बस्ने गरी १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे शुरु हुनेछ।सभामा हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ।

साधारण सभाले मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ। यसका साथै, संस्थापक सेयरधनीहरूका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरूका तर्फबाट २ जना सञ्चालकहरूको निर्वाचन, लेखापरीक्षक नियुक्ति, तथा अन्य महत्वपूर्ण एजेन्डाहरूमा निर्णय हुनेछ।

लाभांश वितरण तथा सभामा सहभागीता सुनिश्चित गर्नका लागि लघुवित्तले पुस १९ गते एक दिनका लागि बुक क्लोज गर्ने घोषणा गरेको छ। यसर्थ, पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले लाभांशको दाबी गर्न र सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी