काठमाडौँ ।सूर्योदय वोमी लघुवित्तले प्रस्तावित नगद लाभांशलाई परिमार्जन गरेको छ। पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि प्रस्तावित १ प्रतिशत नगद लाभांशलाई घटाएर ०.९६२३५०५ प्रतिशत कायम गर्ने निर्णय गरेको हो।
यो परिमार्जनसँगै सेयरधनीहरूले कुल ६.९६२३५०५ प्रतिशत लाभांश पाउनेछन्। यसमा ६ प्रतिशत बोनस सेयर र परिमार्जित ०.९६२३५०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) समावेश छ।
यसअघि, मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट ६ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो।
प्रतिक्रिया