वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजारमा सुधारको निरन्तरता, नेप्से सूचक२६३०.७१ अंकमा

अर्थलगानी
२०८१ पुष ११, बिहीबार

काठमाडौँ  ।  आज बिहीबार   नेपाली सेयर बजारमा सुधारको प्रवृत्तिले निरन्तरता पाएको छ। आज नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३० को बिन्दुमा कायम भएको हो  ।

यस दिन ५ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ र दुई कम्पनीमा सकारात्मक सर्किट लागेको छ। विशेषगरी वाणिज्य बैंक समूहका सेयर मूल्यहरूमा वृद्धि आएको छ।

यसैबीच, केन्द्रीय बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि विकास बैंक र फाइनान्स समूहका कम्पनीहरूमा गिरावट आएको छ। तर, बैंकिङ क्षेत्रको सुधार र अन्य सकारात्मक आर्थिक संकेतहरूले बजारमा राम्रो लहर देखिएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी