वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आशा लघुवित्तको १४.२५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

अर्थलगानी
२०८१ पुष १४, आईतवार

काठमाडौँ  । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले  १४.२५% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ ।संस्थाले   आफ्नो ८औं वार्षिक साधारण सभाबाट पारित १४.२५% बोनस सेयर सेयरधनीहरूको डिम्याट खातामा जम्मा गरेको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङमार्फत अभौतिक कारोबारको व्यवस्था मिलाएको जनाएको छ

गत कात्तिक २४ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीको खातामा बोनस सेयर जम्मा भएको हो। सेयर धितो राखी कर्जा लिएका सेयरधनीहरूको बोनस सेयर सम्बन्धित बैंकको नाममा रोक्का राखिएको छ। कर्जा चुक्ता गरिसकेका सेयरधनीहरूले सम्बन्धित बैंकमा सम्पर्क गरी रोक्का फुकुवा गर्न आग्रह गरिएको छ।

त्यसपछि रोक्का नपर्ने सेयरधनीहरूको बोनस सेयर स्वतः खातामा जम्मा हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी