वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका ग्राहकलाई अन्नपुर्ण केबलकारमा ३० प्रतिशत छुट

अर्थलगानी
२०८१ पुष १७, बुधबार
काठमाडौँ  । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता, कर्मचारी र पोलिसीहोल्डरहरूले पोखरामा रहेको अन्नपुर्ण केबलकारमा ३० प्रतिशतको विशेष छुट पाउने भएका छन्। यो व्यवस्था रिलायबल नेपाल लाइफ र अन्नपुर्ण केबलकार बीचको दुई पक्षीय समझदारी अनुसार गरिएको हो।

समझदारीमा रिलायबल नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनि र अन्नपुर्ण केबल कारका संचालक चन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन्। यस सम्झौताले कम्पनीका ग्राहकहरूलाई अन्नपुर्ण केबलकारका सेवामा विशेष सहुलियत प्रदान गर्नेछ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा कारोबारको ७ वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी