काठमाडौँ । आज बुधबार नेप्से सूचक ५.१० अंकले बढेको छ।स दिन नेप्से सूचक ५.१० विन्दुले बढेर २५८१.६० अंकमा आएको हो
योसँगै सेयर बजारले सकारात्मक संकेत दिए पनि कारोबार रकम भने खुम्चिएको छ। कुल ३ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको यस दिन ३०५ कम्पनीका ९४ लाखभन्दा बढी कित्ता सेयर खरिद बिक्री भए।
२ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । ८ वटा समूहका सूचक बढेका छन् ।
२१ लाख ८२ हजार रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः जानकी फाइनान्स र त्रिशुली जलविद्युत कम्पनी परेका छन्
प्रतिक्रिया