काठमाडौँ । नेपाली स्टक एक्सचेन्ज (नेप्से) ले बिहीवार सात कम्पनीको शेयर मूल्य समायोजन गरेको छ। हिमालयन डिष्टीलरी, कालिका लघुवित्त, कालिका पावर, लुम्बिनी विकास बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सूर्योदय वोमी लघुवित्त र मेरो माइक्रोफाइनान्सले साधारण सभा र लाभांश वितरणका लागि बुक क्लोज गरेपछि नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपश्चात कम्पनीहरूको नयाँ शेयर मूल्य निम्नानुसार रहेको छः
- हिमालयन डिष्टीलरी: रु. १,१८३.४८
- कालिका लघुवित्त: रु. १,०४०.५७
- कालिका पावर: रु. ५०३.७४
- लुम्बिनी विकास बैंक: रु. ४६६.०२
- श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स: रु. ५५४.६५
- सूर्योदय वोमी लघुवित्त: रु. ७१४.४३
- मेरो माइक्रोफाइनान्स: रु. ६८०.९३
यी मूल्य समायोजन बोनस शेयर वितरणको आधारमा गरिएको हो। कम्पनीहरूले १.८७% देखि १५% सम्म बोनस शेयर वितरण गरेका छन्। आइतबारदेखि दोस्रो बजारमा यी मूल्यहरूका आधारमा शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया