काठमाडौँ । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। नागरिक लगानी कोषले साधारण सभा तथा लाभांश वितरणका लागि सोमबार (भोली) बुक क्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार, आज (आइतबार) नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले पुस २९ गते, सोमबार बिहान ११ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित सिआईटी बिल्डिङमा वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभाले चालू आर्थिक वर्षका लागि ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया