वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आइमएमई लाइफको बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्ने सूचना

अर्थलगानी
२०८१ पुष २२, सोमबार

काठमाडौँ ।  आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी प्रक्रियामा रहेका सम्बन्धित दावीकर्ताहरुलाई आवश्यक कागजात पेश गर्न आह्वान गरेको छ।

कम्पनीले दावीका लागि निवेदन दर्ता गरी आवश्यक कागजात माग गरिए पनि केही दावीकर्ताले कागजात उपलब्ध नगराएको र सम्पर्कमा नआएको जानकारी दिएको छ। यस अवस्थामा दावी फछ्र्यौट कार्यमा ढिलाइ हुन सक्ने भएकाले सम्बन्धित दावीकर्तालाई शीघ्र आवश्यक कागजातहरू कम्पनीमा उपलब्ध गराउन अनुरोध गरिएको छ।

दावीकर्तालाई आफ्नो दाबी प्रक्रिया सम्पन्न गर्न नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न वा कम्पनीसँग सिधा सम्पर्क गर्न आग्रह गरिएको छ। समयमा कागजात नपुग्दा भुक्तानीमा विलम्ब हुने भएकाले शीघ्र सहयोगका लागि कम्पनीले सबैलाई पुनः जानकारी गराएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी