काठमाडौँ ।मुक्तिनाथ विकास बैंक लिमिटेडको कोष प्रवर्द्धक र मुक्तिनाथ क्यापिटल लिमिटेडको योजना व्यवस्थापकत्वमा सञ्चालन हुने सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ आज नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ। यो फण्डको १० अंकित दरको १२ करोड ५० लाख इकाई (१५ प्रतिशत बिज पूँजी सहित) आज सूचीकरण भएको हो।
यस योजनाले नेपालको पहिलो सामूहिक लगानी कोषको रूपमा इतिहास रचेको छ जुन मुक्तिनाथ विकास बैंकले प्रवर्द्धन गरेको हो। सूचीकरणको अवसरमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तर्फबाट सञ्चालक र प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया