काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो कारोबार दिन आइतबार ५.३२ अंकले बढेको बजार सोमबार ४९.१२ अंकले बढेर २ हजार ६४०.६८ विन्दुमा बन्द भएको हो ।
यस दिन सेयर कारोबार रकममा पनि वृद्धि आएको छ। जसमा ६ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सबै समूहका सूचक बढेका छन् हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहका सूचक बढी वृद्धि देखिएका छन्। वाणिज्य बैंक समूहमा पनि १.०९ प्रतिशतको वृद्धि र एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
। ३१२ कम्पनीका १ करोड ५४ लाख ६० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको यस दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट कम्पनी अग्रस्थानमा रहेको छ।
प्रतिक्रिया