काठमाडौँ । कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारीको सूचीमा राखेको छ। मंगलबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले यस सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। अब सहकारीको सम्पूर्ण व्यवस्थापन सरकारद्वारा गठित संकटग्रस्त सहकारी व्यवस्थापन समितिले गर्नेछ।
गत पुस १८ मा वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा संकटग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरिएको थियो। सहकारीका अध्यक्ष फणिन्द्र मगर ठगी आरोपमा थुनामा छन्। सहकारीका सञ्चालकहरूमाथि १३ हजारभन्दा बढी सर्वसाधारणको ६१ करोड रुपैयाँ अपचलन गरेको आरोप छ।
समस्याग्रस्त घोषणा गरिएका सहकारीहरूबाट लगानी उठाई ऋणीको धितो लिलाम गरी बचतकर्तालाई रकम फिर्ता गर्ने जिम्मा व्यवस्थापन समितिलाई दिइएको छ। इटहरीमा मुख्यालय रहेको अम्बे कोशीले विराटनगरदेखि दमकसम्म सेवा केन्द्र सञ्चालन गरेको थियो।साथै अन्य समस्याग्रस्त सहकारीहरूको पनि अध्ययन भइरहेको छ र आवश्यकताअनुसार थप घोषणा गरिने छ ।
प्रतिक्रिया