वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वीरगञ्जका दुईवटा ठुला भन्सार कार्यालय राजस्व संकलनमा असफल

आरोहण शाह
२०८० असार ६, बुधबार

वीरगञ्ज । देशको मुख्य नाका वीरगञ्ज भन्सार कार्यालय (आइसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन्। नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज स्थित अवस्थित यी दुईवटा ठुला भन्सार कार्यालयको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको हो।

देशकै बढी राजस्व संकलन गर्ने यो दुईवटा भन्सार पछिल्ला केहि वर्ष देखि लगातार विभागले दिएको लक्ष्य पूरा गर्न निरन्तर असफल हुँदै आएका छन्। वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० राजस्व असुलीको लक्ष्यको ६० प्रतिशत भेटाउन पनि मुस्किल पर्ने थालेकोे छ ।

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिना सम्ममा पनि लक्ष्य पुरा गर्न असफल भएका छ । कुनै समय दोब्बर बढी राजश्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालय अहिले अलफल हुदै आएकोे छ । भन्सार विभागले चालू आर्थिक वर्षको जेठ महिनालागि वीरगञ्ज भन्सारलाई २३ अर्ब ४२ करोड रुपैयाँ लक्ष्य दिएको छ ।

जसमा भन्सारले चालू आर्थिक वर्षको जेठ महिनामा १३ अर्ब ९० करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ५४.५१ प्रतिशत अर्थात् १ खर्ब ४२ अर्ब २५ करोड रुपैयाँ मात्र संकलन गरेको छ । देशभरकै भन्सार कार्यालयमध्ये सर्वाधिक राजश्व संकलन गर्दै आएको यो भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रुपैयाँ असुलीको लक्ष्य पाएको छ ।

मुलुककै अर्थतन्त्रमा आधाभन्दा बढी योगदान दिँदै आएका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व असुली निरन्तर खस्कँदै गएको छ । मुलुकको कुल राजस्व संकलनमा ५१ प्रतिशतभन्दा बढी योगदान दिँदै आएका यी दुवै भन्सार कार्यालयलाई भन्सार विभागले दिएको राजस्व असुलीको लक्ष्य पूरा गर्न असफल हुदैं आएका छन् ।

यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनको लक्ष्य भेटाउन सकेन । तेश्रो मुलुकबाट जहाज भएर भारतको बिभिन्न बन्दरगाहमा आएको बस्तुलाई रेल मार्फत आयात/नियात गर्दै आएको सुख्खा बन्दरगाहले लक्ष्य भेटाउन असफल हुदै आएको छ । तेश्रो मुलुकको व्यापारका लागि समुद्री मार्गसँग सीधा सम्पर्क रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व संकलन लक्ष्य भेटाउन पनि मुस्किल पर्ने थालेको छ ।

चालू आर्थिक वर्षको जेठ महिनामा ६ अर्ब २३ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा कुल  ४ अर्ब ३० करोड मात्र राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ६१ अर्ब ५२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ३९ अर्ब ४५ करोड संकलन गर्न सकेको छ । चालु आर्थिक वर्षमा यो भन्सारले ६७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको छ ।

यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोसाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिने गर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

आरोहण शाह

वीरगञ्ज । देशको मुख्य नाका वीरगञ्ज भन्सार कार्यालय (आइसिपी) र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न असफल भएका छन्। नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्ज स्थित अवस्थित यी दुईवटा ठुला भन्सार कार्यालयको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको हो। देशकै बढी राजस्व संकलन गर्ने यो दुईवटा भन्सार पछिल्ला केहि वर्ष देखि लगातार विभागले दिएको लक्ष्य पूरा गर्न निरन्तर असफल हुँदै आएका छन्। वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० राजस्व असुलीको लक्ष्यको ६० प्रतिशत भेटाउन पनि मुस्किल पर्ने थालेकोे छ । वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको ११ महिना सम्ममा पनि लक्ष्य पुरा गर्न असफल भएका छ । कुनै समय दोब्बर बढी राजश्व संकलन गर्ने वीरगञ्ज भन्सार कार्यालय अहिले अलफल हुदै आएकोे छ । भन्सार विभागले चालू आर्थिक वर्षको जेठ महिनालागि वीरगञ्ज भन्सारलाई २३ अर्ब ४२ करोड रुपैयाँ लक्ष्य दिएको छ । जसमा भन्सारले चालू आर्थिक वर्षको जेठ महिनामा १३ अर्ब ९० करोड रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ५४.५१ प्रतिशत अर्थात् १ खर्ब ४२ अर्ब २५ करोड रुपैयाँ मात्र संकलन गरेको छ । देशभरकै भन्सार कार्यालयमध्ये सर्वाधिक राजश्व संकलन गर्दै आएको यो भन्सारले चालु आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रुपैयाँ असुलीको लक्ष्य पाएको छ । मुलुककै अर्थतन्त्रमा आधाभन्दा बढी योगदान दिँदै आएका वीरगञ्ज भन्सार र सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व असुली निरन्तर खस्कँदै गएको छ । मुलुकको कुल राजस्व संकलनमा ५१ प्रतिशतभन्दा बढी योगदान दिँदै आएका यी दुवै भन्सार कार्यालयलाई भन्सार विभागले दिएको राजस्व असुलीको लक्ष्य पूरा गर्न असफल हुदैं आएका छन् । यता सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्षको जेठ महिनामा राजस्व संकलनको लक्ष्य भेटाउन सकेन । तेश्रो मुलुकबाट जहाज भएर भारतको बिभिन्न बन्दरगाहमा आएको बस्तुलाई रेल मार्फत आयात/नियात गर्दै आएको सुख्खा बन्दरगाहले लक्ष्य भेटाउन असफल हुदै आएको छ । तेश्रो मुलुकको व्यापारका लागि समुद्री मार्गसँग सीधा सम्पर्क रहेको सुक्खा बन्दरगाह भन्सार कार्यालयले राजस्व संकलन लक्ष्य भेटाउन पनि मुस्किल पर्ने थालेको छ । चालू आर्थिक वर्षको जेठ महिनामा ६ अर्ब २३ करोड राजस्व संकलन गर्ने लक्ष्य लिइएको थियो । त्यसमा कुल  ४ अर्ब ३० करोड मात्र राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ६१ अर्ब ५२ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएकोमा ३९ अर्ब ४५ करोड संकलन गर्न सकेको छ । चालु आर्थिक वर्षमा यो भन्सारले ६७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको छ । यस नाकामा विशेष गरी भारतसहित जापान, अमेरिका, बेलायत, इजरायल, दक्षिण कोरिया, खाडी क्षेत्रका विभिन्न देशबाट सामग्री आयात हुन्छ । ठूला उद्योग कलकारखानाका लागि आवश्यक कच्चा पदार्थ, सवारी साधन, उपकरण तथा सामग्री, मदिराजन्य पदार्थ, तयारी पोसाकलगायत सामग्री तेस्रो मुलुकबाट भित्रिने गर्छ ।