वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिटिजन लाइफ द्वारा बोनसदर सार्वजनिक, बीमा योजनाअनुसार प्रतिहजारमा २५ देखि ८० रुपैयाँसम्म

अर्थलगानी
२०८१ माघ १, मंगलवार

काठमाडौं ।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि बीमालेखधारीलाई प्रदान गरिने बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि विभिन्न बीमा योजनाअनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रतिहजारका दरले बोनसदर निर्धारण गरेको हो।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख योजनामा बीमा अवधिअनुसार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्मको बोनस प्रदान गर्नेछ। त्यस्तै, सिटिजन बाल भविष्य योजनासिटिजन बाल भविष्य प्लस योजनामा ४० रुपैयाँदेखि ६७ रुपैयाँसम्मको बोनसदर तोकिएको छ।

सावधिक र आजीवन बीमालेखमा आधारित सिटिजन जीवन सारथी योजना मा बीमाअवधिअनुसार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस उपलब्ध हुनेछ। यो बोनसदर विभिन्न बीमादाबीहरूमा लागू हुनेछ र आगामी नयाँ प्रतिवेदन सार्वजनिक नभएसम्म यसैलाई मान्य गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी