वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आईएमई लाइफ इन्स्योरेन्सले सार्वजनिक गर्‍यो नयाँ बोनसदर

अर्थलगानी
२०८१ माघ १, मंगलवार

काठमाडौं  । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि बीमा योजनाहरूमा लागू हुने नयाँ बोनसदर सार्वजनिक गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमाङ्कीय प्रतिवेदनपछि कम्पनीले सावधिकसीमित अवधि भुक्तानी बाल सावधिक लगायतका बीमा योजनामा न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ प्रति हजारका दरले बोनस दिने घोषणा गरेको हो।

सामूहिक सावधिक योजनामा ३२ देखि ७५ रुपैयाँसम्म, सावधिक तथा आजीवन योजनामा ३२ देखि ८० रुपैयाँसम्म, र अग्रिम भुक्तानी योजनामा ३० देखि ६३ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ। बाल उमंग र बाल किरण योजनामा बीमालेख अवधिअनुसार क्रमशः ३० देखि ६५ रुपैयाँ र ३० देखि ६० रुपैयाँसम्म बोनस पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो बोनसदर मृत्यु दाबी, समर्पण मूल्य, चुक्ता मूल्य र चालू बीमालेखमा लागू हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी