वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

छिमेक लघुवित्तको २३औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय

अर्थलगानी
२०८१ माघ १, मंगलवार

काठमाडौं  । छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्नो २३औं वार्षिक साधारण सभा हेटौंडास्थित होटल सामना प्रालिमा पुस २९ गते सम्पन्न गरेको छ। सभामा अध्यक्ष रामचन्द्र जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ६९ जिल्लाका १९७ शाखामार्फत ४ लाख २३ हजारभन्दा बढी महिला सदस्यलाई लघुवित्त सेवा पुर्‍याउँदै आएको र आर्थिक वर्ष २०८०/८१ मा संस्थाले ९४ करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिए।

सभाले सोही मुनाफाबाट शेयरधनीलाई ७% नगद लाभांश र ८% बोनस शेयरसहित कुल १५% लाभांश वितरण गर्ने निर्णय पारित गर्यो। साथै, चुक्ता पूँजीलाई २ अर्ब ९७ करोडबाट बढाएर ३ अर्ब २१ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि स्वीकृत भएको छ।

कार्यक्रममा सर्वसाधारण शेयरधनीतर्फका संचालक कर्ण बहादुर घले र दिलिप राज रेग्मी निर्विरोध निर्वाचित भए। प्रमुख कार्यकारी अधिकृत दीपक निधि तिवारीले लघुवित्त कार्यक्रमलाई थप सुदृढ बनाउन रणनीतिक योजना अघि बढाइने बताउँदै ग्रामीण क्षेत्रमा महिला सशक्तीकरण र आर्थिक समृद्धिमा योगदान पुर्‍याउन प्रतिबद्धता जनाए।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी