वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा

अर्थलगानी
२०८१ माघ २, बुधबार

काठमाडौं  ।  पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले मर्जर प्रक्रियामा अघि बढ्ने घोषणा गरेको छ। फाइनान्सले ग्राहकलाई स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र सेयरधनीलाई उच्च प्रतिफल दिने लक्ष्यसहित देशको एक अग्रणी वाणिज्य बैंकसँग मर्जको तयारी गरिरहेको हो।

फाइनान्सका एक उच्च अधिकारीका अनुसार मर्जका लागि प्रारम्भिक छलफल अगाडि बढिसकेको छ। तर कुन वाणिज्य बैंकसँग मर्ज हुने हो भन्ने विवरण सार्वजनिक गरिएको छैन। २०५३ सालदेखि सञ्चालनमा रहेको पोखरा फाइनान्सले हाल २५ शाखा कार्यालयमार्फत विभिन्न जिल्लाहरूमा सेवा प्रदान गर्दै आएको छ।

संस्थाको हालको चुक्तापूँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्ब, र कर्जा ८ अर्बभन्दा माथि रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी