वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल शेयर बजार घट्यो, फाइनान्स सेक्टरको शेयर मूल्यमा गिरावट

अर्थलगानी
२०८१ माघ ३, बिहीबार

काठमाडौं। नेपाल शेयर बजार साताको अन्तिम कारोबारको दिन घटेको छ। आज, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा कायम भएको हो।

बजारका अन्य सूचक सकारात्मक रहेपनि फाइनान्स सेक्टरको शेयर मूल्यमा  गिरावट आएको छ।

आज २९६ कम्पनीका १ करोड १७ लाख ४९ हजार कित्ता शेयर कारोबार हुँदा ५ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएको छ।

यसदिन ८ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंकको ९.७४ प्रतिशत, विकास बैंक समूहको ०.८८ प्रतिशत, फाइनान्सको ५.१९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी