वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समस्याग्रस्त दुईवटा सहकारीमा तालाबन्दी

अर्थलगानी
२०८१ माघ ३, बिहीबार

हेटौँडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुईवटा सहकारीमा ताला लगाएको छ। प्रदेशको सहकारी तथा गरिबीनिवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन सहकारी संस्थामध्ये लालिगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनलनमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँस्थित केन्द्रीयकार्यालयमा तालाबन्दी गरेको हो।

सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ, लालीगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थालाई यसअघि मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । प्रदेश सरकार अन्तर्गत रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आइतबार लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाको सञ्चालन समितिलाई निलम्बनगर्दै कार्यालयमा तालाबन्दी गरेको हो ।

समितिका सदस्यसचिव महेश आचार्यले सहकारीको केन्द्रीय कार्यालयमा तालाबन्दीसँगै सहकारीले प्रयोग गर्दै आएको सर्भर लगायतका सामग्री नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, ‘सहकारीको खाता रोकिएको छ, सहकारीका सेयर सदस्यको पनिखाता रोक्का हुन्छ । सहकारी संस्थाको सञ्चालक समितिनिलम्बितभएको छ, अब हाम्रो जिम्मेवारीमाआएको छ ।’
उनकाअनुसार नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा यसअघि नै तालाबन्दी गरी सञ्चालक समितिलाई निलम्बन गरेर छानबिनको प्रक्रिया अगाडि बढाइएको छ ।

नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थामा तालाबन्दी गरी सहकारीको आयव्यय, दायित्व लगायतका अवस्था बुझ्न बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष प्रभात अधिकारी सहितको टोलीले सहकारीमा रहेका कम्प्युटरको हार्डडिक्स, खाता लगायतका सामग्री नियन्त्रणमा लिएको थियो ।
सदस्य सचिव आचार्यले सुमेरु सेभिङ एन्ड क्रेडिट को–अपरेटिभको कागजात हेटौँडामा रहेको प्रदेशको सहकारी महाशाखाबाट आएपछि कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनले उक्त सहकारीबारे यसअघि सिआइबीले छानबिन गरिरहेकाले कम प्राथमिकतामा राखिएको र कागजात आएपछि छानबिनको प्रक्रिया अगाडि बढाउने बताए ।

यसअघि प्रदेशका सहकारी तथा गरिबी नियन्त्रणमन्त्री मदुकुमार श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट यीतीन वटा सहकारी संस्थालाई समस्या ग्रस्त सहकारी घोषणा गरिएको थियो । यी सहकारी संस्थाले वित्तीयदायित्व पूरा नगरेको, बचतकर्ताको बचत मागगर्दा फिर्ता नगरेको, बचत फिर्ता गर्ने कार्ययोजनाबनाएर पनिकार्ययोजनाअनुसार कामनगरेको भन्दै मन्त्रालयले समस्या ग्रस्त सहकारी घोषणा गरेको हो । सहकारी महाशाखाका रजिस्ट्रार कुमार तामाङले सेयर सदस्यको उजुरी र सहकारी संस्थाले समयमा बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि समस्याग्रस्त सहकारी घोषणाको निर्णयमा पुगेको बताए ।

उनले उजुरीको सम्बोधन गर्न समस्या ग्रस्त सहकारीका सञ्चालकलाई पटक पटक ताकेता गर्दा पनि सुनुवाइनभएको भन्दै समस्या ग्रस्त घोषणा गरिएका सहकारी संस्थाको सञ्चालक समिति निलम्बनपछि समस्या ग्रस्त सहकारी व्यवस्थापन समितिले हेर्ने बताए ।

तीनवटा सहकारीबाट गरी सेयर सदस्यले करिब चार अर्ब रुपियाँको मागदाबीसहितउजुरी दर्ता गराएका छन् । सुमेरुका ८४८ वटा उजुरी, लालीगुराँसका ९७२ र नेसनलनमोबुद्धका सय जनाभन्दा बढी सेयर सदस्यको उजुरी सहकारी संस्थाविरुद्ध महाशाखामा परेको छ ।

महाशाखाका रजिस्ट्रार तामाङले सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सेयर सदस्यले एक अर्ब ६१ करोड रुपियाँभन्दा बढी मागदाबीसहितनिवेदनदिएको बताए । उनकाअनुसार नेसनलनमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यले १२ करोड २७लाख रुपियाँभन्दा बढी र सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका सेयर सदस्यले दुई अर्ब २५ करोड रुपियाँभन्दा बढी मागदाबीसहितउजुरी दिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी