काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको छ ।
नेप्सेमा बिहीबार कम्पनीको १० लाख ५० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको सेयर सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन ।
प्रतिक्रिया