वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

श्रृजनशील लघुवित्तले बोलायो साधारणसभा, मर्जरसहित यस्ता छन् अन्य प्रस्तावहरु

अर्थलगानी
२०८१ माघ ४, शुक्रबार

काठमाडौँ। श्रृजनशील लघुवित्त वित्तिय संस्था लि.ले संस्थाको छैठौँ वार्षिक साधारणसभा माघ २७ गते आह्वान गरेको छ। संस्थाको माघ २ गते बसेको सञ्चालक समितिलको निर्णय अनुसार सभा आह्वान गरिएको हो।
सभा माघ २७ गते आइतबार बिहान ९ बजेदेखि होल पावन मिथिला थाली गोलबजारमा हुनेछ।

सभाका लागि यस्ता छन् सामान्य प्रस्तावहरुः
१. संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने
२. लेखापरिक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तसम्मको वासलात आ.व. २०८०–०८१ नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सगँ सम्बन्धित अनुसूचीहरु पारित गर्ने
३. बैंक तथा बित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ दफा ११ अनुसार वित्तीय संस्थाको आ.व.०८१–०८२ को लागि लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने

विशेष प्रस्तावहरुः
१. नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र वोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने

२. कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती वा समाहित हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ती तथा दायित्वको मुल्याकन गर्न परामर्शदाता, मुल्याकनकर्ता, लेखा परिक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्ने
सभा प्रयोजनार्थ माघ १० गते बुक क्लोग गर्ने संस्थाको निर्णय रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी