काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरेको हो।
इन्स्योरेन्सको आईपीओमा १८ लाख ३० हजार ८७५ जनाले आवेदन दिएका थिए। तीमध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको थियो। बाँकी १८ लाख २२ हजार ४०५ योग्य आवेदकमध्ये १ लाख ८४ हजार ५ सय जनाले मात्र १० कित्ताका दरले शेयर पाएका छन्। अन्य आवेदकले भने कुनै शेयर प्राप्त गरेनन्।
कम्पनीले पुस २१ देखि २४ गतेसम्म सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता शेयर जारी गरेको थियो। यसअघि धितोपत्र बोर्डले २२ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति दिएको थियो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख २५ हजार कित्ता ,सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५ सय कित्ता,कर्मचारीका लागि ६७ हजार ५ सय कित्ता र सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता छुट्याइएको थियो।
बिक्री प्रबन्धक कुमारी क्यापिटलले गोलाप्रथामार्फत बाँडफाँड सम्पन्न गरेको हो।
प्रतिक्रिया