वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

क्रेष्ट माइक्रो लाइफले माघ १५ गतेदेखि आईपीओ जारी गर्ने

अर्थलगानी
२०८१ माघ ७, सोमबार

काठमाडौं  ।क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि माघ १५ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले कुल २२ लाख ५० हजार कित्ता सेयरमध्ये श्रम स्वीकृति प्राप्त वैदेशिक रोजगारीमा  रहेका नेपाली नागरिकहरुको लागि आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा  रहेका नेपालीका लागि १० प्रतिशत छुट्याएको छ। बाँकी सेयरमध्ये ६७,५०० कित्ता कर्मचारीका लागि, १ लाख १२,५०० कित्ता सामूहिक लगानी कोषका लागि र १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि निष्कासन हुनेछ।

यो आईपीओको न्यूनतम आवेदन १० कित्ता र अधिकतम १०,००० कित्ता निर्धारण गरिएको छ। आवेदन दिने अन्तिम मिति माघ २९ तय गरिएको छ। आवेदन मेरो सेयर अनलाइन प्रणाली र आस्वा सदस्य बैंकमार्फत दिन सकिनेछ।

एनआईएमबी एस क्यापिटल लिमिटेड आईपीओको बिक्री प्रबन्धक रहेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई प्राथमिकतामा राख्दै आईपीओ जारी गर्ने योजना बनाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी