वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन नेपाल लाइफका व्यतित बिमालेख नविकरणमा ७५ प्रतिशतसम्म छुट

अर्थलगानी
२०८१ माघ १०, बिहीबार

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने ब्याजमा ७५ प्रतिशतसम्म छुट दिने भएको छ।

कम्पनीका अनुसार यो छुट सुविधा माघ १० गतेदेखि २८ गतेसम्मका लागि मात्र रहनेछ। यस अवधिभित्र आफ्‌नो व्यतित बीमालेख नवीकरण गराएमा ग्राहकले यो छुट सुविधाको लाभ लिन सक्ने कम्पनीले बताएको छ।

साथै यस्तो छुट सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने र छुट सुविधाको प्रयोग गरी नवीकरण गरिएका बीमालेख अवधि नपुगी समर्पण भएमा छुट रकम काटिने कम्पनीले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी