वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रीमा

अर्थलगानी
२०८१ माघ ११, शुक्रबार

काठमाडौँ। बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्री खुला गरेको छ । फाइनान्सले ५ लाख ३५ हजार बढी कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयर खरिदका लागि संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा दिन सकिनेछ।

कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरुका नाममा रहेको ५ लाख ३५ हजार ९२७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरमा हाललाई कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी