काठमाडौँ। सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा बोलाएको छ। लघुवित्तले फागुन ११ गते स्काई गार्णेन रिसोर्ट पनौती, काभ्रेपञ्चोकमा सभा आह्वान गरेको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ भने माघ २५ गते बुक क्लोजको मिति तय गरिएको हुँदा माघ २४ गतेसम्म कायम शेयरधनिले सभामा उपस्थिति जनाउन पाउनेछन्।
यस्ता छन् सभाका प्रस्तावहरुः
–सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।
–गत आवको लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्त सम्मको वासलात तथा गत आबको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने ।
–आर्थिक वर्ष २०८१–८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
–कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी तर्फको ४ जना र सर्वसाधारण शेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने ।
विशेष प्रस्तावहरु
–कम्पनीको हाल संस्थापक शेयर समुह र सर्वसाधरण समुहको शेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कुल चुक्ता पुँजीको ८.५४ प्रतिसतले सर्वसाधरण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ६१.११ प्रतिसत र सर्वसाधरण समुहको तर्फवाट ३८.८९ प्रतिसत सेयर स्वामित्व हुने गरी पूँजी संरचना परिवर्तन गर्ने र सोही बमोजिम सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्ने।
–यस वित्तीय संस्थाको रजिष्ट्रार (केन्द्रीय) कार्यालयको ठेगाना बागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १४ मा कायम गर्ने सम्बन्धमा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने ।
–उपरोक्त विशेष प्रस्तावहरुका सम्वन्धमा नियमनकारी निकायहरुबाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।
प्रतिक्रिया