काठमाडौँ। लुम्बिनी विकास बैंक लिमिटेडको १७ औँ वार्षिक साधारणसभा २०८१ पौष २९ गते सम्पन्न भएको छ। साधारण सभाले आ. ब. २०८०÷८१को बार्षिक प्रतिबेदन पारित गरीआ. ब. २०८१÷८२को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु संगै शेयरधनीहरुलाई ४.०० प्रतिशत नगद लाभांश र ३.०० प्रतिशत बोनस शेयर सहितकुल ७.००प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गरेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १७ आंै वार्षिक साधारणसभामा आ.ब. २०८०÷८१ को वार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारे।
देशका७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा–एक्सटेन्सन काउण्टर–स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया