वि.सं. २०८२ असार ६, शुक्रबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफामा सामान्य वृद्धि

अर्थलगानी
२०८१ माघ २२, मंगलवार

काठमाडौँ। सूर्यज्योति लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आइपुग्दा नाफा कमाएको छ । इन्स्योरेन्सले यस अवधिमा १९ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३.३७ प्रतिशतले धेरै हो । गत वर्ष कम्पनीले १८ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १८.२४ प्रतिशत बढेर १ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

यता, खुद बिमा शुल्क आर्जन १९.८३ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १९.३५ प्रतिशतले बढेर ७ अर्ब रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३७ अर्ब ७३ करोड रुपैयाँ भन्दा धेरैको छ ।

चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ३२ करोड ८२ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८३ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ४४ पैसा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी