वि.सं. २०८२ असार ५, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सन नेपाल लाइफद्वारा समता फाउण्डेसनलाई सहयोग

अर्थलगानी
२०८१ माघ २४, बिहीबार

काठमाडौँ। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड९क्ल्ीक्ष्०ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता फाउण्डेसनलाई पाँच लाख रूपैयाँ आर्थिक सहायता प्रदान गरेको छ। उक्त सहयोग फउण्डेसनमा अध्यनरत बिधार्थीहरुको शिक्षातर्फ खर्च हुनेछ । एक कार्यक्रमका बिच कम्पनिका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले उक्त रकम फाउण्डेसनका प्रतिनिधि दिपक बस्नेतलाई हस्तान्तरण गरेका थिए। सबैका लागी शिक्षा सहज र सुलभ बनाउन समर्पित समता फाउण्डेसनलाई दिएको यस योगदानले विद्यार्थीहरूको उज्जवल भविष्य निर्माणमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ ।

कम्पनीले १३९ शाखा तथा उपशाखा कार्यालयबाट जीवन बीमा सेवा प्रदान गर्दे आइरहेको छ । शिक्षा, स्वास्थ्य र समाजसेवाका क्षेत्रमा सक्रिय रहँदै आएको सन नेपाल लाइफले आगामी दिनहरूमा पनि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी