वि.सं. २०८२ असार १९, बिहीबार
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी विकास बैंक र होटल वृन्दावनबिच सम्झौता, ३० प्रतिशतसम्म छुट

अर्थलगानी
२०८१ माघ २८, सोमबार

काठमाडौँ। लुम्बिनी विकास बैंकका ग्राहकले होटल वृन्दावनमा छुट पाउने भएका छन्। लुम्बिनी विकास बैंकका प्रयोगकर्ताहरुलाई उक्त होटलमा छुट दिने सम्बन्धमा एक आपसमा सम्झौता भएको हो।

।होटल वृन्दावनप्रा. लि. पर्सा जिल्लाको बिरगञ्जउप–महानगरपालिका वार्ड नं. १० माअवस्थित छ । सम्झौतामा उल्लेख भएअनुसार लुम्बिनी विकास बैंकका सम्पुर्ण ग्राहकहरुलाई होटल वृन्दावनका बिभिन्न सेवातथा सुबिधाहरुमा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । होटल वृन्दावनप्रा. लि.को विभिन्नसेवातथा सुबिधाहरु अन्तर्गत ग्राहकहरुले खानाका परिकार तथा पेयपदार्थहरुमा १० प्रतिशतका साथै होटल कोठाहरुको शुल्कमा ३० प्रतिशत छुट लिन सक्ने छन् ।

सम्झौतापत्रमा लुम्बिनी विकास बैंकको तर्फबाट बिरगञ्ज शाखाका प्रबन्धक कृष्ण कुमार महतो र होटल वृन्दावन प्रालिको तर्फबाट प्रबन्ध निर्देशक पप्पु सराफले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन्।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखाकार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थलगानी